काठमाडौं, ७ फागुन । विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । फागुन २० गतेदेखि जिम्बाबेमा सुरु हुने आइसीसी एकदिवशीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
घोषित टिमको कप्तान पारस खड्का, उप–कप्तान ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । टोलीको बैकल्पिक खेलाडीमा सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारी छन् ।
प्रतियोगितामा नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग खेल्नेछ भने २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानससँग र २८ गते हङकङसँग खेल्नेछ ।
छनोटको विजेता र उपविजेता दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
0
Share.
Comments