एजेन्सी, ६ फागुन । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाको अपराजित यात्रा कायमै छ । गएराति भएको खेलमा बार्सिलोनाले इबरलाई उसैको मैदानमा २–० ले हराउँदै लिगमा अपराजित यात्रा कायमै राखेको हो ।
बार्सिलोनाका लागि लुईस सुवारेज र योर्डी अल्बाले एक एक गोल गरे ।
जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान भेट्टाउनेछ ।
ला लिगाअन्तर्गत गएराति भएका अरु खेलमा तेस्रो स्थानको भ्यालेन्सियाले मालागालाई २ – १ ले हराएको छ । यस्तै सेभियाले लास पालमसलाई २ – १, जिरोनाले लेगानेसलाई ३ – ० तथा अलाभेसले डिपोर्टिभो ला करुनालाई १ – ० ले हराएको छ ।
गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २४ खेलबाट ६२ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा रहँदा ४६ अंक जोडेको भ्यालेन्सिया तेस्रो तथा ४२ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ ।
बार्सिलोनाको अपराजित यात्रा कायमै
0
Share.
Comments