एजेन्सी, ४ फागुन । युएईसँग ७ रनले पराजित भएको नेपाल एकदिवसीय विश्वकप छनौटको समूह ‘बी’ मा परेको छ । नेपालले अब विश्वकप क्रिकेटमा स्थान बनाउन मार्चमा जिम्बावेमा हुने छनौट प्रतियोगितामा घरेलु टोली जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नुपर्नेछ । युएईले भने समूह ‘ए’ मा रहेका वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनीसँग खेल्नुपर्ने भएको छ ।
१० टोली सहभागी विश्वकप छनौटबाट शिर्ष २ वटा टोली विश्वकपको लागि छानिने छन् । समूह ‘बी’ को तुलनामा समूह ‘ए’ कठिन मानिएको छ ।
नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बावेसँग खेल्ने छ। ८ मार्चमा स्कटल्यान्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग खेल्ने छ। समूह चरणमा सबै टिमले एकअर्कासँग १÷१ खेल खेल्ने छन् जसपछि दुवै समूहबाट उत्कृष्ट–३ हुने टिम सुपर–सिक्स चरण खेल्न छनोट हुनेछन् ।
विश्वकप छनोटमा नेपाल कठिन समूहमा
0
Share.
Comments