एजेन्सी, २६ माघ । भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे को फाइनलमा पुगेको छ । भ्यालेन्सियालाई समग्रमा ३–० ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो । बार्सिलोना पाँचौं पटक कोपा डेल रेको फाइनलमा पुगेको छ ।
भ्यालेन्सियाको घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–० ले हराएको छ । ४९ अौं मिनेटमा फिलिप कोउटिन्होले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा इभान राकिटिचले गोल गरे ।
पहिलो लेग बार्सिलोनाले १–० ले जितेको थियो । बार्सिलोनाले उपाधि भिडन्तमा सेभिल्लाको सामना गर्नेछ । सेभिल्लाले लेगानेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
Comments