एजेन्सी, २४ माघ । स्वान्सी सिटी र हडर्सफिल्ड टाउन एफए कप फुटबल प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेका छन् । गएराती भएका चौथो चरणका रि प्लेमा आ–आफ्ना प्रतिद्धन्दीलाई पाखा लगाउँदै स्वान्सी र हडर्सफिल्डले पाँचौं चरणमा प्रवेश गरेका हुन् ।
आफ्नै मैदानमा भएको खेलमा स्वान्सी सिटीले दोस्रो श्रेणीको नट्स काउण्टीलाई ८–१ ले हरायो । यसैगरी हडर्सफिल्ड टाउनले बर्मीङ्घम सिटीलाई ४–१ ले हरायो । गएराती नैं भएको अर्को खेलमा मिलवाललाई १–० ले हराँउदै रोचडेल पनि प्रि क्वाटरफाईनलमा पुगेको छ ।
बर्मिङघमको घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्ड टाउनले बर्मीङ्घम सिटीलाई ४–१ ले हरायो । खेलको ५२ औं मिनेटमा एडम्सको गोलमार्फत घरेलु टिमले अग्रता बनाएको थियो । तर ६० औ मिनेटमा बर्मिङघमका मार्क रोवर्टसले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल नभएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा हडल्सफिल्डले तीन गोल थप्यो । पाँचौ चरणमा हडल्सफिल्डले म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ ।
अर्को खेलमा स्वान्सीले नोट्स काउन्टेलाई ८–१ को भारी अन्तरले हरायो । स्वान्सीको जितमा केभिन अब्राहम र नाथन डेरले दुई–दुई गोल गरे । काइल नटन, वायन राउटलेज, थोमस क्यारोल र डेविड जेम्सले १÷१ गोल गरे ।
Comments