एजेन्सी, २३ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता चेल्सी पराजित भएको छ । गएराति वाटफर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सी वाटफोर्डसँग ४–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
वाटफोर्डका लागि ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले १–१ गोल गरे । चेल्सीका लागि एडिन हाजार्डले एक गोल गरे ।
खेलको ३० औं मिनेटमै चेल्सीका मिडफिल्डर बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० जनामा समेटिएको थियो ।
जितपछि २६ खेलबाट ३० अंकसहित वाटफोर्ड अंकतालिकाको ११औं स्थानमा छ भने समान खेलबाट ५१अंकसहित चेल्सी चौथो स्थानमा यथावत छ ।
Comments