काठमाडौं, २२ माघ । इङ्गिलस प्रिमियर लिग फुटवलमा लिभरपुल र टोटनह्यामले अंक बाँडेका छन् । गएराति लिभरपुलको मैदानमा भएको खेलमा लिभरपुल र टोटनह्यामले २–२ को बराबरी खेलेपछि अंक बाँडेका हुन् ।
लिभरपुलका लागि मोहोमद सालाहले दुई गोल गरे भने टोटनह्यामका लागि भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे ।
५१ अंकसहित लिभरपुल अंक तालिकाको तेश्रो र २ अंक कम भएको टोटनह्याम चौथो स्थानमा छ ।
प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा क्रिष्टल प्यालेस र न्युकासल युनाईटेडले १–१ गोलको बराबरी खेलेका छन् ।
Comments