एजेन्सी, २१ माघ । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डलाइृ पराजित गरेको छ । गएराति भएको खेलमा युनाइटेडले रेलिगेसन जोनमा रहेको हडर्सफिल्डलाई २-० ले पराजित गरेको हो ।
युनाइटेडका लागि पहिलो गोल स्ट्राइकर रोमेलु लुकाकुले ५५ औं मिनेटमा गरेका थिए भने हडर्सफिल्डका डिफेण्डर माइकल हाफेलीले सान्चेसलाई गरेको फलमा युनाइटेडले पेनाल्टीको अवसर पायो । दुई साताअघि आर्सनलबाट युनाइटेड आएका सान्चेस आफैं पेनाल्टीका लागि अघि सरे र गोल गरे ।
जित सँगै युनाइटेड दोस्रो स्थानमा यथावत् नै छ ।
Comments