एजेन्सी, १८ माघ । प्रिमियर लिगमा म्यान्चेष्टर सिटी शिर्ष स्थानमा नै रहेको छ । गएराति भएको खेलमा म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ३–० ले हराएर शिर्ष स्थानमा नै रहेको हो ।
सिटीका लागि फर्नाण्डिनो, डे ब्रुयन र अग्युइरोले एक एक गोल गरे ।
जितसँगै सिटीको २५ खेलमा ६८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडमाथि सिटीको १५ अंकको अन्तर रहेको छ ।
म्यान्चेष्टर सिटी शिर्ष स्थानमा कायमै
0
Share.
Comments