एजेन्सी, ९ माघ । चिलीका फुटबल खेलाडी । २९ वर्षे अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रवेश गरेका छन् । २९ वर्षे साञ्चेजको बदलामा म्यानचेष्टर युनाइटेडले हेर्निख मखितर्यानलाई आर्सनलमा पठाएको छ ।
साञ्चेजले कर बाहेक १ करोड ४० लाख पाउण्डमा साढे ४ वर्षको सम्झौता गरेका हुन् । सन् २०१४ मा स्पेनिस क्लव बार्सिलोना छाडेर आर्सनल आएका साञ्चेजले १ सय ६५ खेलमा ८० गोल गरेका थिए । आर्सनलले उनका लागि सन् २०१४ को जुलाईमा ३ करोड पाउण्ड तिरेको थियो । उनी गएको सिजनमा नै आर्सनल छाडेर म्यानचेष्टर सिटी जाने तयारी गरेका थिए । साञ्चेजकै उमेरका हेर्निखले ६३ खेलमा म्यानचेष्टर युनाइटेडका लागि १३ गोल गरेका थिए ।
खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमती भएपछि दुवै क्लबले एकै समयमा यसको घोषणा गरेका हुन् । सान्चेजले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने छन् भने आर्सनलमा मख्तरीयानको जर्सी नम्बरको टुंगो लाग्न बाँकी छ ।
आर्सनल छाडेर साञ्चेज म्यानचेष्टर युनाइटेडमा
0
Share.
Comments