एजेन्सी, ९ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा लिभरपुल स्वान्सी सिटीसित पराजित भएको छ । लिभरपुल अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग ०–१ ले पराजित भएको हो ।
स्वान्सीका लागि ४० औं मिनेटमा अल्फी मवसनले गरेको गोल नै निर्णायक बन्यो ।
यो हारले लिभरपुलको २४ खेलबाट ४७ अंक भयो । तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीको ६५ अंक छ । पुछारको स्वान्सीले जितपछि १९ औं स्थानमा रहेको वेष्ट्रब्रोमको बराबरी अर्थात २० अंक बनाएको छ ।
लिभरपुल पुछारको स्वान्सीसँग पराजित
0
Share.
Comments