एजेन्सी, २ माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले स्टोक सिटीलाई ३–० ले हराएको हो ।
म्यानचेस्टर युनाइटेडका लागि एन्टोनिओ भ्यालेन्सिया, एन्थोनी मार्शल र लामेलु लुकाकुले गोल गरे ।
जितपछि दोस्रो स्थानको युनाइटेडको २३ खेलबाट ५० अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ६२ अंक छ । रेलिगेशन जोनमा रहेको स्टोक सिटीको २० अंक छ ।
म्यानचेस्टरयुनाइटेडले स्टोक सिटीलाई हरायो
0
Share.
Comments