एजेन्सी, २१ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम वेष्ट ह्यामसँग बराबरीमा रोकिएको छ । टोटनह्यामको मैदानमा भएको खेलमा टोटनह्याम वेष्ट ह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेको खेलमा ७० औँ मिनेटमा पेड्रो ओबियाङ्गले सुन्दर गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए ।
१–० ले पछि परेको टोटनह्यामका लागि सन हेङ–मिनले खेल सकिन ६ मिनेट हुँदा लङ रेन्जबाट सुन्दर गोल गर्दै टोटनह्यामलाई हारबाट जोगाए ।
बराबरीपछि पाँचौँ स्थानको टोटनह्यामको २२ खेलबाट ४१ अंक भएको छ । यस्तै २२ खेलबाट २२ अंक नै जोडेको वेष्ट ह्याम पन्ध्रौँ स्थानमा छ ।
टोटनह्याम र वेष्टह्याम बराबरी
0
Share.
Comments