एजेन्सी, २० पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको खेलमा चेल्सी र आर्सनल २–२ को बराबरी खेलेका हुन् ।
आर्सनलका लागि ६३ औँ मिनेटमा ज्याक विलशर र अन्तिम मिनेटमा हेक्टर बेलेरिनले एक एक गोल गरे । यस्तै, चेल्सीका लागि ६७ औँ मिनेटमा पेनाल्टीमार्फत इडन हजार्डले र ८४ औँ मिनेटमा मार्कस एलोन्सोले एक एक गोल गरे ।
चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । बराबरीपछि तेस्रो स्थानको चेल्सीको २२ खेलबाट ४६ अंक भएको छ । यस्तै छैटौँ स्थानमा रहेको आर्सनलको २२ खेलबाट ३९ अंक भएको छ ।
चेल्सी र आर्सनल बराबरी
0
Share.
Comments