एजेन्सी, १९ पुस । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा स्वान्सी सिटीलाई २–० ले हराएर टोटनह्याम आर्सनललाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको हो ।
अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन फर्नान्डो लोरेन्ट र डेल अलीले गोल गरे ।
जितपछि पाँचौँ स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४० अंक भएको छ । ३८ अंक रहेको आर्सनल छैटौँ स्थानमा झरेको छ ।
राति भएको अन्य खेलमा वेष्ट ह्यामले वेष्ट ब्रोम तथा क्रिष्टिल प्यालेसले साउथह्याम्पटनलाई समान २–१ ले हरायो ।
टोटनह्याम पाँचौँ स्थानमा उक्लियो
0
Share.
Comments