एजेन्सी, १८ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । लिभरपुलले बर्नली र लेस्टरले हडर्ल्सफिल्डलाई हराएका हुन् ।
अवे मैदानमा भएको खेलमा लिभरपुलले बर्नलीलाई २–१ ले हरायो । लिभरपुलका लागि साडिओ माने र राग्नर क्लवानले गोल गरे । बर्नलीका लागि बर्ग मुडमण्डसनले एक गोल फर्काए । जितपछि चौथो स्थानको लिभरपुलको २२ खेलबाट ४४ अंक भएको छ ।
अर्को खेलमा लेस्टर सिटीले हडर्ल्सफिल्डलाई ३–० ले हरायो । लेस्टरका लागि रियाद महरेज, इस्लाम इस्लिमानी र अलब्राइटनले गोल गरे । जितपछि आठौँ स्थानको लेस्टरको २२ खेलबाट ३० अंक भएको छ ।
अर्को खेलमा न्युक्यासलले स्टोक सिटीलाई १–० ले हरायो । यस्तै, ब्राइटन र बोर्नमाउथले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
लिभरपुल र लेस्टर सिटी विजयी
0
Share.
Comments