एजेन्सी, १८ पुस । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत गएराति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो ।
म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्शल र जेसी लिङगार्डले एक एक गोल गरे ।
जितपछि युनाइटेडको २२ खेलबाट ४७ अंक भएको छ । तेस्रो स्थानमा झरेको चेल्सीको २१ खेलबाट ४५ अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ५९ अंक छ ।
दोस्रो स्थानमा उक्लियो म्यानचेस्टर युनाइटेड
0
Share.
Comments