एजेन्सी, १४ पुस । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गए राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ ले हराएको हो ।
आर्सनलका लागि एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । त्यस्तै, क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे ।
जितपछि २० खेलबाट ३७ अंक बनाएको आर्सनल अंक तालिकाको छैटौं स्थानमा छ । २० खेलबाट १८ अंक जोडेको क्रिष्टल प्यालेस १६ औं स्थानमा छ ।
आर्सनल छैटौं स्थानमा यथावत
0
Share.
Comments