एजेन्सी, १३ पुस । एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत गएराति घरेलु मैदानमा भएको मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानलाई १–० ले हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । सबसिच्युड खेलाडीको रुपमा मैदान छिरेका प्याट्रिक कुट्रोनले अतिरिक्त समय १०४ औँ मिनेटमा गोल गरे ।
अब एसी मिलानले सेमिफाइनलमा लाजिओसँग प्रतिस्पर्धा गर्नेछ ।
एसी मिलान सेमिफाइनलमा
0
Share.
Comments