एजेन्सी, १२ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा लिभरपुल, चेल्सी र वार्टफोर्ड विजयी भएका छन् । यस्तै, हडर्सफिल्ड र स्टोक सिटी, वेष्टब्रोम र एभर्टन तथा ब्रोनमाउथ र वेष्ट ह्यामले भने बराबरी खेले ।
चेल्सीले ब्राईटनलाई २–० ले हरायो । यस्तै, लिभरपुलले स्वान्सी सिटीलाई ५–० ले हरायो । यसैगरी वाट्फोर्डले लेष्टर सिटीलाई २–१ ले हरायो ।
बर्नमाउथ र वेष्ट ह्यामले ३–३ गोलको बराबरी खेल्यो । हडर्सफिल्ड टाउन र स्टोक सिटीले १–१ गोल तथा वेष्ट ब्रोम र एभर्टनले गोलरहित बराबरी खेलेका छन् ।
प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।
लिभरपुल, चेल्सी र वार्टफोर्ड विजयी
0
Share.
Comments