एजेन्सी, १२ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २ –२ गोलको बराबरीमा रोकिएको हो ।
युनाइटेटका लागि दुवै गोल लिंगार्डले गरे । यस्तै, बर्नलीका लागि बर्नस र डिफोरले एक एक गोल गरे ।
बराबरीपछि २० खेलबाट ४३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५५ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।
म्यानचेष्टर युनाइटेड बर्नलीसँग रोकियो
0
Share.
Comments