एजेन्सी, १२ पुस । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले साउथह्याम्टनलाई हराएको छ । गएराती भएको खेलमा टोटनह्यामले साउथह्याम्टनलाई ५–२ ले हराएको हो ।
टोटनह्यामका लागि ह्यारी केनले २२, ३९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने सन हिउङ–मिन र डेले अल्लीले एक एक गोल गरे । यसैगरी साउथह्याम्टनका लागि सोफियन बुफक र डुसान टाडिचले एक एक गोल गरे ।
प्रिमियर लिगको अंक तालिकामा टोटनह्याम २० खेलबाट ३७ अंक बनाएर पाचौँ स्थानमा छ । साउथह्याम्टन भने समान खेलबाट १९ अंकसहित १४औं स्थानमा छ ।
टोटनह्यामले साउथह्याम्टनलाई ५–२ ले हरायो
0
Share.
Comments