एजेन्सी, ६ पुस । इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै च्याम्पियनसीप क्लब ब्रिस्टोल सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २–१ गोलले ब्रिस्टोल सिटीसँग पराजित भएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जोय ब्रायले गोल गर्दै ब्रिटोललाई अग्रता लिए । तर त्यसको सात मिनेटपछि जाल्मटन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए । इन्जुरी समयको तेस्रो मिनेटमा कोरी स्मिथले गोल गर्दै ब्रिस्टोल सिटीलाई जित दिलाए ।
अब ब्रिस्टोलले सेमिफाइलनमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।
गएराति नै भएको अर्को खेलमा बर्नमाउथलाई हराउँदै चेल्सी पनि लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले बोर्नमाउथलाई २–१ ले हराएको हो ।
१३ औं मिनेटमा विलियनको गोलबाट चेल्सीले अग्रता लिएको थियो । तर ९० औं मिनेटमा डन गोस्लिङले बोर्नमाउथका लागि बराबरी गोल फर्काए । तर इन्जुरी समयको पहिलो मिनेटमा अल्भारो मोराटोले गोल गर्दै चेल्सीलाई जित दिलाए ।
चेल्सीले अब सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
चेल्सी र ब्रिस्टोल सिटी सेमिफाइनलमा, म्यानचेस्टर युनाइटेड भने बाहिरियो
0
Share.
Comments