एजेन्सी, ५ पुस । रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले चिलीमा बाल अस्पताल निर्माणका लागि सहयोग गर्ने भएका छन् । रोनाल्डोले चिलीको सान्तियागोमा बाल अस्पतालका लागि सहयोग गर्ने भएका हुन् ।
हप्ताको चार लाख ५० हजार पाउण्ड कमाउने रोनाल्डोले इटालियन व्यवसायी एलेसान्ड्रो प्रोतोसँगको सहकार्यमा अस्पताल निर्माण गर्ने भएका हुन् । रोनाल्डोको सहयोग रहने अस्पताल सन् २०२० मा बन्नेछ ।
रोनाल्डो सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनका सद्भावना राजदूत समेत रहेका रोनाल्डो विभिन्न सामाजिक काममा सहयोग गर्ने खेलाडीको रुपमा चिनिन्छन् ।
रोनाल्डोले चिलीमा बाल अस्पताल बनाउने
0
Share.
Comments