एजेन्सी, ३ पुस । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले बोर्नमाउथलाई हराएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले बोर्नमाउथलाई ४–० ले हराएको हो ।
लिभरपुलमा लागि फिलिप कोन्टिन्हो, डिजेन लोवरेन, मोहम्मद सालह र रोबर्टो फिरमिनोले गोल गरे ।
जितपछि चौथो स्थानको लिभरपुलको १८ खेलबाट ३४ अंक भएको छ । पाँचौँ स्थानमा झरेको आर्सनलको समान खेलबाट ३३ अंक छ । १६ औं स्थानको बोर्नमाउथको १६ अंक नै छ ।
लिभरपुल चौथो स्थानमा उक्लियो
0
Share.
Comments