एजेन्सी, ३ पुस । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डि लाकोरुनालाई ४–० ले हराएको हो ।
बार्सिलोनाका लागि लुइस स्वारेज र पाउलिन्होले दुई दुई गोल गरे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको १६ खेलबाट ४२ अंक भएको छ । एथ्लेटिको मड्रिडको ३६ तथा तेस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ भने एक खेल कम खेलेको चौथो स्थानको रियल मड्रिडको ३१ अंक छ ।
राति नै भएका अरु खेलमा जिरोनाले गेटाफेलाई तथा भिल्लारियलले सेल्टा डि भिगोलाई १–० ले हराएका छन् । यस्तै लास पालमस र इस्पानियोलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
बार्सिलोना विजयी
0
Share.
Comments