एजेन्सी, २ पुस । रियल मड्रिडले फिफा क्लब वर्ल्डकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा रियल मड्रिडले साउथ दक्षिण अमेरिकी क्षेत्रको विजेता ब्राजिलियन क्लब ग्रिमिओलाई १–० ले हराएर लगातार दोस्रो वर्ष क्लब विश्वकपको उपाधि जित्ने पहिलो टिम बनेको हो ।
अबुधाबीमा भएको फाइनल भिडन्तमा रियल मड्रिडका रोनाल्डोले ५३ औं मिनेटमा फ्रि–किक मार्फत गोल गर्दै रियल मड्रिडलाई उपाधि दिलाएका हुन् ।
यो जितसँगै रियल मड्रिडले सन् २०१७ मा पाँच उपाधि जितेको छ । यसमा च्याम्पियन्स लिग, ला लिगा, युइएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप रहेका छन् ।
रियल मड्रिडले यो प्रतियोगिताको उपाधि यसअघि सन् २०१४ र २०१६ मा जितेको थियो । सन् २००० देखि सुरु भएको प्रतियोगिताको उपाधि यो वर्ष पनि जित्दै रियल मड्रिड लगातार दुईपटक जित्ने पहिलो टिम तथा समग्रमा तीनपटक जित्ने दोस्रो टिम बनेको छ । यसअघि बार्सिलोनाले तीनपटक उपाधि जितिसकेको छ ।
लगातार दोस्रोपटक क्लब विश्वकप रियलको कब्जामा
0
Share.
Comments