काठमाडौं, २९ मंसिर । नेपाली महिला फुटबल टोली साफ यू–१५ महिला फुटबल प्रतियोगिताको लागि आज बंगलादेश प्रस्थान गर्दै छन् । आइतबारबाट सञ्चालन हुने खेलका लागि २० सदस्यीय नेपाली टोली आज दिउँसो ३ बजे बंगलादेशको ढाका प्रस्थान गर्ने कार्यक्रम रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले प्रतियोगिताको लागि एक साताअघि २० सदस्यीय नेपाली टिमको घोषणा गरेको थियो । आजै २० सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरेका थिए ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानगरी चार देशको सहभागिता रहेको छ । नेपालले पहिलो खेल आयोजक बंगलादेशसँग खेल्दै छ । नेपाल र बंगालदेशबीच डिसेम्बर १७ मा खेल हुदैछ । खेल ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा हुनेछ ।
यस्तै नेपालले डिसेम्बर १९ मा भारतको सामना गर्नेछ । त्यसको दुई दिनपछि अर्को खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्वर २४ तारिखमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली महिला टोली
करिना धिमाल
बितिशा राजवंशी
पुष्पा गुरुङ
सरिश्मा थापा
मनमाया विके
सुष्मा राई
सुरक्षा सिंह
सरस्वती हमाल
प्रिति राई
अश्मिता चौधरी
मुना मगर
निकिता थोकर
सविता रानामगर
सुष्मा जिटी
अन्जली चन्द
अस्मिता रानपाल (दर्जी)
निकिता धिमाल
सुप्रिया रजक
रिया बानु
अस्मिता गुरुङ
मुख्य प्रशिक्षकः गंगा गुरुङ
सहायक प्रशिक्षकः पारस चौधरी
गोलरक्षक प्रशिक्षकः विनोद महर्जन
साफ यू–१५ महिला फुटबल खेल्न नेपाली बंगलादेश जाँदे
0
Share.
Comments