एजेन्सी, २७ मंसिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको ‘ड्र’ सार्वजनिक भएको छ । ‘ड्र’ अनुसार अन्तिम १६ मा स्पेनिस क्लबहरू रियल मड्रिडले पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाले चेल्सीसँग सामना गनुपर्ने भएको छ ।
यस्तै, म्यानचेस्टर सिटीले स्वीजरल्याण्डको बसेल, म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेभिया र लिभरपुलले पोर्चुगलको पोर्टोलाई प्रतिद्वन्द्वी पाएको छ । जर्मन क्लब वायर्न म्युनिखले टर्कीको बेसिक्टास तथा इटालियन क्लब रोमाले युक्रेनको साख्तर डोनेक्सको सामना गर्नेछ ।
नकआउट चरणमा नै इटालियन क्लब युभेन्टसले टोटनह्याम हट्सपरलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । च्याम्पियन्स लिगमा यसपटक पाँचवटा इंग्लिस क्लबहरु अन्तिम १६ मा पुगेका छन् ।
होम एण्ड अवेको आधारमा खेलाइने अन्तिम १६ का खेलहरूको पहिलो लेग फेब्रुअरीमा हुनेछ भने दोस्रो लेगका खेलहरु मार्चमा हुनेछ ।
यस्तो छ युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका
0
Share.
Comments