एजेन्सी, २० मंसिर । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड समूह ‘ए’ को विजेताको रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । घरेलु मैदानमा गएराति भएको समूहको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले हराएर अन्तिम १६ मा पुगेको हो ।
युनाइटेडका लागि रामेलु लुकाकु र मार्कस राशफोर्डले गोल गरे । यस्तै, मस्कोका लागि विटिन्होले गोल गरे ।
जितपछि ६ खेलबाट १५ अंक जोडेको युनाइटेड समूह विजेता बन्यो । यस्तै राति नै भएको खेलमा बेन्फिकालाई २–० ले हराएको एफसी बासेल समूह उपविजतोको रुपमा अन्तिम १६ मा पुगेको छ । बासेलको ६ खेलबाट १२ अंक भएको छ ।
म्यानचेस्टर युनाइटेड विजेता बन्दै अन्तिम १६ मा
0
Share.
Comments