एजेन्सी, २० मंसिर । च्याम्पियन्स लिग फुटबलको अन्तिम खेलमा एथ्लेटिको मड्रिडले अंक बाँडेसँगै समूह चरणबाटै बाहिरिएको छ ।
अवे मैदानमा गएराति भएको समूहको अन्तिम खेलमा इंग्लिस क्लब चेल्सीसँग १–१ को बराबरीमा रोकिएसँगै एथ्लेटिको समूह चरणबाटै बाहिरिएको हो ।
खेलमा दुवै गोल एथ्लेटिकोका खेलाडीले गरेका हुन् । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए । तर ७५ औं मिनेटमा एथ्लेटिकोका स्टेफान साविकले आत्मघाति गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो ।
बराबरीपछि चेल्सी समूह ‘बी’ उपविजेतामा सीमित भयो । उसको ६ खेलबाट ११ अंक भएको छ ।
यस्तै राति नै भएको खेलमा एफके क्वाराब्यागलाई १–० ले हराएको रोमा भने समूह विजेता बन्यो । रोमाको पनि ११ अंक नै छ तर गोल अन्तरका आधारमा चेल्सीलाई पछि पारेको हो ।
एथ्लेटिको मड्रिडले चेल्सीसँग अंक बाँडेसँगै समूह चरणबाटै बाहिरियो
0
Share.
Comments