एजेन्सी, २० मंसिर । च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई २–० ले हराउँदै जित निकालेको हो ।
बार्सिलोनाको जितमा पाको अलकेसरले गोल गरे भने अर्को एक गोल स्पोर्टिङका जेरेमी म्याथ्युले आत्मघाती गोल गरे ।
अन्तिम १६ मा स्थान पक्का गरेको स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘डी’ को विजेता बन्दै १४ अंक बनायो ।
यस्तै राति नै भएको खेलमा ओलम्पिआकोसलाई २–० ले हराएको युभेन्टसले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन कुएड्राडो र बेर्नाडेस्चीले गोल गरे । युभेन्टसको ११ अंक भएको छ ।
बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई २–० ले हरायो
0
Share.
Comments