एजेन्सी, १३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम लेस्टर सिटीसँग पराजित भएको छ । गएराति भएको खेलमा टोटनह्याम लेस्टर सिटीसँग २–१ ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जिताउन जेमी भर्डी र रियाद महरेजले गोल गरे । टोटनह्यामका लागि ह्यारी केनले एक गोल गरे ।
हारपछि पाँचौँ स्थानको टोटनह्यामको १४ खेलबाट २४ अंक छ । १४ औं स्थानको लेस्टर सिटीको १७ अंक भएको छ । त्यस्तै अन्य खेलमा ब्राइटन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले भने वेस्ट ब्रोम र न्युकासलले पनि २–२ को बराबरी खेले ।
टोटनह्याम लेस्टर सिटीसँग पराजित
0
Share.
Comments