एजेन्सी, ११ मंसिर । नापोली इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ । सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा युडिनिसलाई १–० ले हराउँदै नापोली शीर्ष स्थानमा फर्किएको हो ।
अवे मैदानमा भएको खेलमा नापोलीलाई जिताउन ३३ औं मिनेटमा फ्रेल्लो फिल्होले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि शीर्ष स्थानमा उक्लिएको नापोलीको १४ खेलबाट ३८ अंक भएको छ । दोस्रो स्थानमा झरेको इन्टर मिलानको ३६ अंक छ । राति नै भएको खेलमा क्रोटनलाई ३–० ले हराएको युभेन्टस भने तेस्रो स्थानमा कायम छ । युभेन्टसको १४ खेलबाट ३४ अंक भएको छ ।
युडिनिसलाई हराउँदै नापोली शीर्ष स्थानमा फर्कियो
0
Share.
Comments