एजेन्सी, ११ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिडर म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै रहेको छ । लिग अन्तर्गत गएराति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले हडर्ल्सफिल्ड टाउनलाई २–१ ले पराजित गर्दै लिगमा शीर्ष स्थानमा कायमै रहेको हो ।
म्यानचेस्टर सिटीको जितमा सर्जिओ अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे । हडल्र्सफिल्टका लागि पहिलो हाफको इन्जुरी समयमा म्यानचेस्टर सिटीका ओटामेन्डीले आत्मघाती गोल गरे ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १३ खेलबाट ३७ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २९ अंक छ । १५ अंक रहेको हडर्ल्सफिल्ड ११ औं स्थानमा छ ।
म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै
0
Share.
Comments