एजेन्सी, ११ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । अवे मैदानमा भएको खेलमा आर्सनलले बर्नलीलाई १–० ले हराउँदै ३ अंक हात पारेको छ ।
खेलको इन्जुरी समयसम्म गोलरहित बराबरी भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेजले गोल गरे ।
जितपछि चौथो स्थानको आर्सनलको १३ खेलबाट २५ अंक भएको छ । २२ अंकसहित बर्नली सातौं स्थानमा छ । राति नै भएको अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई ४–१ ले हरायो ।
आर्सनलले बर्नलीलाई १–० ले हरायो
0
Share.
Comments