एजेन्सी, ११ मंसिर । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाए । १–० ले पछि परेको बार्सिलोनाका लागि भ्यालेन्सियाबाट आएका जोर्डी अल्बाले ८२ औं मिनेटमा बराबरी गोल गरे ।
बार्सिलोनाको १३ खेलबाट ३५ अंक सहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ ।
ला लिगा अन्तर्गत राति नै भएका अरु खेलमा सेभिल्लाले भिल्लारियललाई ३–२ ले हरायो भने रियल सोसिडाड र लास पालमस तथा एथ्लेटिको बिल्बाओ र डिप्रोटिभो डि लाकोरुनाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
बार्सिलोना भ्यालेन्सियासँग रोकियो
0
Share.
Comments