एजेन्सी, ८ मंसिर । युरोपा लिगमा अटलान्टाले इभर्टनलाई हराएको छ । गएराति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५–१ ले हराएको हो ।
अटलान्टाका लागि ब्रायन क्रिसटान्ट, ब्रायन, क्रोर्नेलिअसले एक एक तथा गोसेन्सले दुई गोल गरे । यस्तै, इभर्टनका लागि रामिरेजले एक गोल गरे ।
समूह ‘इ’ मा रहेको इभर्टनले पाँच खेलमा एउटा पनि जित्न नसकी प्रतियोगिताबाट बाहिरिसकेको छ । अटलान्टाले पाँच खेलमा तीन जित र दुई बराबरी गरेर ११ अंक बनाएको छ ।
अटलान्टाले इभर्टनलाई हरायो
0
Share.
Comments