एजेन्सी, ७ मंसिर । च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोना र युभेन्टस गोलरहित बराबरीमा रोकिएका छन् । समूह चरण अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिएको हो । बराबरी रोकिए पनि समूहमा ११ अंकका साथ बार्सिलोना अन्तिम १६ मा छनोट भएको छ ।
गोल गर्ने केही राम्रा अवसर बनाए पनि इटालियन जाइन्ट युभेन्टसले क्याटलान जाइन्ट बार्सिलोनालाई गोल गर्ने मौका भने दिएन ।
समूह ‘डी’ अन्तर्गत राति नै भएको अर्को खेलमा स्पोर्टिङले ओलम्पियाकोसलाई ३–१ ले हरायो ।
बार्सिलोना र युभेन्टस गोलरहित बराबरीमा
0
Share.
Comments