काठमाडौं, ५ मंसिर । महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एसिया क्षेत्रको छनौटमा आज पनि नेपालले हङकङसँग अंक बाँडेको छ । थाइल्याण्डको बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् । यस अघि हिजो पनि नेपालले हिजो पनि घरेलु टोली थाइल्याण्डसँग अंक बाँडेको थियो । थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बल खेल्दा १० रन बनाएको अवस्थामा पानी परेपछि अंक बाँडेको हो ।
६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । आजको खेलमा पनि अंक बाँड्न बाध्य भएपछि नेपालको दुई खेलबाट २ अंक मात्र भएको छ ।
नेपालले बिहीबार युएईसँग, शुक्रबार मलेसियासँग र अन्तिम खेल आइतबार चीनसँग खेल्नेछ ।
राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको छनौट खेल खेल्न पाउने छन् ।
आज पनि नेपालले हङकङसँग अंक बाँड्यो
0
Share.
Comments