एजेन्सी, ३ मंसिर । स्पेनिस ला लिगा फुटबल लिडर बार्सिलोनाले विजयी यात्रा कायम राखेको छ । गएराति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–० ले हराएर आफ्नो विजयी यात्रा कायम राखेको हो ।
बार्सिलोनाका लागि लुइस स्वारेजले दुई तथा पाउलिन्होले एक गोल गरे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको १२ खेलबाट ३४ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सिया भन्दा सात तथा तेस्रो स्थानको रियल मड्रिड भन्दा १० अंक अघि रहेको छ ।
बार्सिलोनाको विजयी यात्रा कायमै
0
Share.
Comments