काठमाडौं, १ मंसिर । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । मलेसियाको किनरारा ओभल मैदानमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।
नेपालले खराब प्रदर्शन गर्दै २८ ओभरमा अलआउट हुँदै १०३ रन जोड्यो । अनिल कुमार साहबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । उनले अर्धशतक बनाए । अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । जितेन्द्र सिंह १ रनमा आउट हुँदा मोहम्मद आसिफ शेखले एक रन पनि जोड्न सकेनन् ।
यसैगरी रोहित कुमार पौडेल ४ रनमा, कप्तान दिपेन्द्र सिंह ऐरी ६, भिम सार्की ६ र पवन सर्राफ ८ रनमा आउट भए । सन्दिप लामिछाने ७ रनमा आउट हुँदा साहब आलम ७ रनमा नटआउट रहे ।
अफगानिस्तानका मुजिब उर रहमानले ६ विकेट लिए ।
अफगानिस्तानलाई नेपालको १०४ रनको लक्ष्य
0
Share.
Comments