एजेन्सी, ३० कार्तिक । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । दक्षिण अमेरिकी राष्ट्र पेरु ३२ औं टोलीको रुपमा विश्वकपमा छनोट भएपछि रुसमा अर्को वर्ष आयोजना हुने विश्वकप २०१८ को सबै ३२ राष्ट्रको छिनोफानो भएको हो ।
विश्वकपमा यसपटक युरोपबाट सबैभन्दा धेरै १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट हुन सफल भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनायो । यस पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेन । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले अफमा पुगेपनि विश्वकपमा स्थान बनाउन भने सकेन ।
आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बियाले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै सेनेगल, ट्यनिसिया, मोरक्को, स्वीडेन, डेनमार्क, क्रोएसिया, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया र पेरुले पनि विश्वकपमा स्थान बनाएका छन् ।
कुन महादेशबाट को को विश्वकपमा छनोट भए :
युरोपः रुस, जर्मनी, इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन
एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया
दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु
अफ्रिकाः इजिप्ट, नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया
उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पानामा
यी हुन् विश्वकपमा छनोट हुन सफल ३२ राष्ट्र
0
Share.
Comments