एजेन्सी, ३० कार्तिक । पेरु आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । पेरु समग्रमा २–० को जितसहित विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
आज बिहान भएको प्ले–अफको दोस्रो लेगमा न्युजिल्याण्डलाई हराउँदै दक्षिण अमेरिकी देश पेरुले ३६ वर्षपछि विश्वकपमा स्थान बनाएको हो । पहिलो लेगमा गोलरहित बराबरी भएको थियो ।
पेरुलाई विश्वकपमा पु¥याउने क्रममा फारफान र क्रिष्टियन रामोसले गोल गरे । यसअघि पेरुले सन् १९८२ मा विश्वकप खेलेको थियो ।
विश्वकपमा फर्कियो पेरु
0
Share.
Comments