एजेन्सी, २९ कार्तिक । चारपटकको विश्व विजेता इटाली आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुन सकेन । विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटाली विश्वकपमा छनौट हुन नसकेको हो ।
स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएपछि समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो ।
इटाली सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनौट हुन असफल भएको हो । सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो ।
सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो । सन् १९५८ को उपविजेता स्वीडेनले पछिल्लो पल्ट सन् २००६ को विश्वकप खेलेको थियो ।
इटाली विश्वकपमा छनौट हुन सकेन
0
Share.
Comments