एजेन्सी, २७ कार्तिक । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । उनकी प्रेमिका जर्जिया रोड्रिग्वेजले हिजो छोरीलाई जन्म दिएकी हुन् ।
३२ वर्षे रोनाल्डोले आफुसँगै २२ वर्षे प्रेमिका, छोरी र आफ्ना जेठा छोराको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
उनले इन्स्टाग्राममा फोटो अपलोड गर्दै भनेका छन्, अलाना मार्टिनाको जन्म भर्खरै भएको छ । अलाना र जर्जी दुवैको स्वास्थ्य पनि राम्रो रहेको छ ।
म्याड्रिडमा रोनाल्डोको घर नजिकै रहेको क्विरोन युनिभर्सिटीमा जर्जियालाई लगिएको थियो । जर्जियाको यो पहिलो सन्तान हो भने रोनाल्डोको चौथो ।
उनले नोभेम्बर २१ मा एलानालाई जन्मे दिने अनुमान थियो । तर, आइतबार साँझ नै उनले जन्म दिएको रोनाल्डोले बताएका छन् ।
सरोगेटबाट जुनमा अमेरिका एभा र माटेवा जुम्लाहा सन्तानको जन्म भएको थियो । ७ वर्षे जेठो छोरा क्रिस्टियानो जुनियर पनि सरोटेट आमाले नै जन्म दिएकी थिइन् ।
चार सन्तानका पिता बनेका रोनाल्डो यतिखेर विश्राम लिइरहेका छन् । उनले मैत्रीपुर्ण खेलहरुमा सहभागिता जनाएका छैनन् ।
चौथो सन्तानका पिता बने रोनाल्डो
0
Share.
Comments