काठमाडौं, २२ कार्तिक । नेपाली यू–१९ टोली एएफसी यू–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो ।
पहिलो हाफमा तीन गोल खाएको नेपालले दोश्रो हाफमा थप दुई गोल खाएको थियो ।
च्याम्पियनसिपको सबै ४ खेलमा नेपालले हार बेहोर्यो । नेपालले च्याम्पियनसिपका चार खेलमा एक गोल पनि गर्न सकेन भने १२ गोल खान पुग्यो । पहिलो खेलमा घरेलु टोली र्किगिस्तानसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भएको थियो भने तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग १–० ले पराजित भएको थियो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।
यु १९ एसिया कप छनौटमा नेपाल सबै खेलमा पराजित
0
Share.
Comments