एजेन्सी, २० कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले युनाइटेडलाई १–० ले हराएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मोराटाले गरेको गोल नै निर्णायक बन्यो ।
हारपछि युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि परेको छ । युनाइटेडको ११ खेलबाट २३ अंक भएको छ । सिटीको ३१ अंक छ ।
यसअघि राति नै भएको खेलमा सन हेङ–मिनको गोलबाट क्रिष्टल प्यालेसलाई हराएको तेस्रो स्थानको टोटनह्यामको पनि युनाइटेड समान २३ अंक भएको छ । युनाइटेडलाई हराएको चौथो स्थानको चेल्सीलको २२ अंक भएको छ ।
चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हरायो
0
Share.
Comments