एजेन्सी, २० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले लास पालमसलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा मड्रिडले पालमसलाई ३–० ले हराएको हो ।
रियल मड्रिडका लागि कासेमिरो, मार्को एसेन्सिओ र इस्काले गोल गरे ।
जितपछि तेस्रो स्थानको रियलको ११ खेलबाट २३ अंक भएको छ ।
राति नै भएका अरु खेलमा जिरोनाले लेभान्टेलाई २–१ तथा सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले एइबरलाई समान ३–१ ले हरायो । यस्तै भिल्लारियलले मालागालाई २–० ले हरायो ।
रियल मड्रिडले लास पालमसलाई ३–० ले हरायो
0
Share.
Comments