एजेन्सी, १९ कार्तिक । प्रिमियर लिगमा लिभरपुलेले वेस्ट ह्याममाथि सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा लिभरपुलेले वेस्ट ह्याममाथि ४–१ को सहज जित दर्ता गरेको हो ।
लिभरपुलका लागि विङ्गर मोहम्मद सालाहले दुई, जोएल माटिप र एलेक्स अक्सलेड चेम्बरलेन एक एक गोल गरे । यस्तै, वेस्ट ह्यामका लागि म्यानुयल लान्जिनीले एक गोल गरे ।
जितसँगै ११ खेलमा १९ अंकका साथ लिभरपुल अंक तालिकाको छैठौं स्थानमा यथावत् रहेको छ भने वेस्ट ह्याम ११ खेलमा ९ अंकसहित तालिकाको १७ औं स्थानमा रहेको छ ।
गए राति भएका अन्य खेलहरुमा लेस्टर सिटी र स्टोक सिटीले २–२ को बराबरी खेले । हडर्सफिल्डले वेस्ट ब्रोमलाई १–० ले, बोर्नमथले न्युक्यासल युनाइटेडलाई १–० ले, बर्नलीले साउथह्याम्प्टनलाई १–० ले तथा ब्राइटनले स्वान्सि सिटीलाई १–० ले हराएका छन् ।
वेस्ट ह्यामविरुद्ध लिभरपुलको सहज जित
0
Share.
Comments